Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

उखुको मूल्य बढाउन किसानको माग 

उखुको मूल्य बढाउन किसानको माग 

  • काठमाडौँ । उखुको मूल्य बढाउन उखु किसानहरुले सरकार समक्ष माग राखेका छन् । विगत तीन वर्षदेखि मूल्य निर्धारण रोकिएकोले यस वर्ष ठूलो अन्तरले बढाउनुपर्ने उखु किसानको माग रहेकको छ । 

    images
    images
    images

    तीन वर्षअघि प्रतिक्विन्टल पाँच सय ३६ निर्धारण गरिएकोमा गत वर्ष जम्मा पाँच सय ४४ पुर्‍याइएको थियो । यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य ६ सय ५० रुपैयाँ प्रतिक्विन्टल गराउनुपर्ने उखु किसानहरूले माग गरेका हुन् । 
    सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइरहेको मौकामा किसानहरूले आफ्नो माग अघि बढाएका हुन् । 

    images

    एक हप्ताभित्रै उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरी गृहकार्य भइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij