Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ए डिभिजन लिगमा आजदेखि चौथो चरणका खेल सुरु  

ए डिभिजन लिगमा आजदेखि चौथो चरणका खेल सुरु  

  • काठमाडौँ । शहिद स्मारक लिग ए डिभिजन ०७८ को चौथो चरणका खेल शुक्रबारदेखि सुरु हुँदैछ । 

    images
    images
    images

    दरशथ रंगशालामा हुने यस चरणका खेलको पहिलो प्रतिस्पर्धामा मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब भिड्दै छन् ।

    अहिलेसम्म अपराजित रहेको मनाङको तीन खेलबाट ७ अंक छ र तेस्रो स्थानमा छ । फ्रेन्ड्सले भने अहिलेसम्म तीन खेलमा जित निकाल्न सकेको छैन र दुई अंकमा दसौं स्थानमा छ ।

    मनाङले यसै खेलबाट आफ्ना मुख्य प्रशिक्षक नाइजेरियाली फुजा टोपेको नेतृत्वमा खेल्दैछ । यसअघि क्लबले आफ्ना पूर्व खेलाडी राजेन्द्र तामाङको प्रशिक्षणमा खेलेको थियो ।

    यस्तै, दिनको दोस्रो खेलमा च्यासलले आर्मीको सामना गर्नेछ । आर्मी तीन खेलबाट पाँच अंकमा छैटौं स्थानमा छ । च्यासल भने तीनै खेलबाट चार अंकमा नवौं स्थानमा छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij