
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडाैँ । बिलबिजक भन्दा बढी करिब पाँच लाख मूल्य बराबरको लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो।
उक्त ट्रक र चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष २५ का सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij