
Jun 25 2025 | २०८२, असार ११ गते
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । दुई वर्ष अगाडि हराएका दुई युवतीको प्रहरीले उद्धार गरेको हो ।
भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा राम्रो काममा लगाइदिने भनी झुक्याइ प्रलोभनमा पारेर बेचबिखनमा परेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चार जनालाई उक्त स्थानबाट उद्धार गरी ल्याएकाे प्रहरीले जनाएको छ ।
उक्त मानव बेचबिखन कसुरमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij