Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

बर्दिया राष्ट्रिय निकुञ्‍जमा हतियारसहित चार शिकारी पक्राउ

बर्दिया राष्ट्रिय निकुञ्‍जमा हतियारसहित चार शिकारी पक्राउ

  • काठमाडौं ।  बर्दिया राष्ट्रिय निकुञ्‍जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मंगलबार शिकार गर्न आएका चार जना शिकारीलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरुलाई निकुञ्‍जको हात्तिखालको बबई पाखाबाट भरुवा बन्दुक नाल ३ थान, बन्दुकको गोली ४१ थान मसिनो छर्रा १०० ग्राम, बन्दुकको केपा १५ थान, बारुद ३ सय, रेति १ थान, हँसिया ३ थान, सलाई ५ थान, साईकल छर्रा ३७ थानसहित पक्राउ गरेको नेपाली सेनाले जनाएको छ ।

    images

    पक्राउ पर्नेमा बर्दियाको भेरी गंगा नगरपालिका ५, हात्तिखाल बस्ने ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठग बहादुर थापा र २२ वर्षीय ललित घर्ती रहेका छन् । पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्‍ज कार्यालय, बर्दियामा बुझाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij