
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
जिल्लाको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गर्दा जिप पल्टिँदा ३ जनाको मृत्यु भएको हो भने ९ जना घाइते भएका हुन् ।
ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका(२ मा दुर्घटना भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।
शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए ।त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको छ ।
९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij