
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडाैँ । आजबाट ‘नेपाल आइडल’ को चौँथो सिजन सुरु हुँदैछ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शो आज राति ८ः३० बजेदेखि सुरु हुने ‘नेपाल आइडल’ ४ का होस्ट आसिफ शाहले जानकारी दिएका छन् ।
यस सिजनको मुख्य प्रायोजकका रूपमा कोका–कोला रहेको छ । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक थियो ।
नेपाल आइडल सिजन–४ मा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन्। करिब चार महिनापछि नेपालले चौँथो नेपाल आइडल पाउनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij