Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढेको छः मन्त्री झाँक्री

नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढेको छः मन्त्री झाँक्री

  • काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छन् । 

    images
    images
    images

    चौधौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको कार्यक्रममा उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको औँल्याएकी हुन् ।  

    images

    समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उनले आग्रह गरिन् । उनका अनुसार व्यवसायीलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न र कामदारमैत्री बन्न आवश्यक छ । उनले भनिन्, ‘निर्माण उद्योगमा क्रियाशील श्रमिकको हकहितलाई प्राथमिकतामा राख्नुपर्छ ।’

    निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको मन्त्री झाँक्रीले बताइन् । निर्माण व्यवसायी मैत्री कानुन आवश्यक भएको उनको भनाइ छ । निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएकोसमेत उनले बताएकी छन् । 

    नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारबिना समृद्धि मुलुकको परिकल्पना असम्भव रहेको बताए । निर्माण उद्योगमा धेरै समस्या रहेको उल्लेख गर्दै उनले सरकारले व्यवसायीमैत्री ऐन नियम ल्याउनेमा महासङ्घ आशावादी रहेकोसमेत बताएका हुन् ।  

    बाजागाजा, प्लेकार्डको प्रदर्शनीसहित दशरथ रङ्गशालाबाट सुरु भएको र्‍याली थापाथली, माइतिघर, बबरमहल हुँदै महासङ्घ सचिवालय अनामनगर पुगेको थियो । महासङ्घ प्राङ्गणमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij