Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

उपसभापतिमा बस्न रामचन्द्रको प्रस्ताव सिटौलालाई 

उपसभापतिमा बस्न रामचन्द्रको प्रस्ताव सिटौलालाई 

  • काठमाडौं ।  इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे । केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि पौडेल केही बेर बसे अनि बाहिर निस्के । आजै सभापतिको साझा उम्मेदवार घोषणा गर्ने दबाबमा रहेका पौडेल त्यहाँबाट सिधै नेता कृष्णप्रसाद सिटौलाको घर पुगे ।

    images
    images
    images

    सिटौला पनि आफू निकट नेताहरूसँग महाधिवेशनको तयारीबारे छलफलमा थिए । बेलाबेला पौडेल र सिटौलाबीच संवाद र छलफल भने भइरहने गर्छ । तर, आज बिहान दुवै नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ । 

    images

    १३औं महाधिवेशनपछि पौडेल र सिटौला अलग अलग भएका हुन् । सो महाधिवेशनमा शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानमा सिटौलाले साथ दिएपछि पौडेल पराजित भएका थिए । त्यसयता उनीहरूबीच खासै राम्रौ सम्बन्ध छैन । तर, सभापतिको साझा उम्मेदवार घोषणा गरेर नगए यसपटक पनि देउवाले जित्ने ठानेर पौडेल सिटौलाको सहयोग माग्न पुगेका थिए । भेटमा पौडेलले मिलेर जान आग्रह गरेका थिए । सिटौला निकट स्रोतका अनुसार पौडेलले उपसभापतिमा बसिदिन र पदाधिकारीमा मिलेर जान सकिने प्रस्ताव गरेका थिए । 

    सिटौलाले पौडेल समूहसँग आफ्नो पक्षलाई ४० प्रतिशत भाग दिनुपर्ने अडान राखेको छ । तर, पौडेल–कोइराला पक्ष त्यो मान्न तयार छैन । त्यही भएर सिटौलाले यसपटक पनि देउवासँग मिलेर जान सक्ने संकेत देखिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij