Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहको बैठक सुरु

नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहको बैठक सुरु

  • काठमाडौँ । सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ । 

    images
    images
    images

    बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ । 

    images

    बैठकमा वरिष्ठ नेता पौडेलसहित नेताहरु सहभागी छन् । बैठक सुरु भएपछि केहीबेरमै बाहिर निस्किँदै नेता पौडेलले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा सभापतिका लागि सो समूहबाट आकाङ्क्षी भएका चारैजना नेताहरु बैठकमा नबस्ने र बैठकमा सहभागीहरुले छलफल गरी गर्ने निर्णयलाई आफूहरुले मान्ने बताए ।  

    मङ्गलबार दिनभर सभापतिका आकाङ्क्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको थियो ।

    आउँदो शुक्रबारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदैछ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij