Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

मन्त्री यादव सुटुक्क छिरिन् भारत

मन्त्री यादव सुटुक्क छिरिन् भारत

  • काठमाडौँ  । ओमिक्रोनको त्रासले जनतामा डर फैलिएको बेला,भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव एउटा बिहेमा सहभागी हुन  भारततर्फ प्रस्थान गरेकी छन् ।  उनको माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी हुन उनी विराटनगर हुँदै जोगवनी नाकाबाट गएकी हुन् ।

    images
    images
    images

    देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

    images


    जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादव मंसिर १८ गते विराटनगर पुगेर पार्टीको एउटा कार्यक्रममा सहभागी भएकी थिइन् । कार्यक्रम सकाएर उनी गाडीबाट भारत छिरेकी हुन् । उनको साथमा छोरा अभिषेक यादव पनि भारततर्फ गएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij