
May 17 2025 | २०८२, जेठ ३ गते
जनकपुरधाम । प्रदेश २ सरकारले कृषि विश्व विद्यालयको उपकुलपतिमा डा. वैधनाथ महतोलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार प्रदेश २ का नीति आयोगका पूर्व सदस्य तथा सिरहा मिर्चैया नगरपालिका-२ का डा. महतोलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको लागि मुख्यमन्त्री राउतले उनलाई नियुक्त गरेको बताएका छन् । सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा उक्त विश्व विद्यायका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले महतोलाई नियुक्त गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij