
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले काठमाडौँबाट ७ जनालाई पक्राउ गरेको छ । उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेर ट्राफिक प्रहरी महाशाखाले मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रौतहट घर भएका नर कुमार पुडासैनी, जुम्लाका पुन्दलाल बुढा, बारा घर भएका रन्जित प्रसाद गुप्ता, काठमाडौंका सन्तोष महर्जन र रौतहट घर भएका ज्ञानेन्द्र चौधरी छन् ।
रौतहट घर भएका ३२ वर्षीय रवि कुमार कुशवाहा र उदयपुरका कमलबहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुरको ढाल्पा ग्यारेजबाट पक्राउ परेका २२ वर्षीय रन्जित प्रसाद गुप्ता मोटरसाइकल वर्कशप संचालक हुन् ।
आरोपीहरुको साथबाट ८ थान चोरीका मोटरसाइकल बरामद गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले अनलाइन पत्रिकालाई बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij