Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

 चोलेन्द्र हटाउन बालकोटमा गुहार 

 चोलेन्द्र हटाउन बालकोटमा गुहार 

  • काठमााडौँ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।  नेपाल बार एसोसिएसनको टोली ओली निवास बालकोट पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।

    images
    images
    images


    बार उपाध्यक्ष रक्षा बस्यालका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो साढे १२ बजे अध्यक्ष ओलीलाई बालकोटमा भेटेर  ज्ञापनपत्र बुझाउने तयारी छ । सो क्रममा नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारी समेत जाने भएका छन् ।

    images

    प्रधानन्यायाधीश राणाका कारण नेपालको न्यायालयमा विचलन आएको भन्दै कानुन व्यवसायीसहित न्यायाधीशहरूले समेत राणाको राजीनामा माग्दै आएका थिए ।  कानुन व्यवसायीहरुको माग अनुसार सत्ता गठबन्धनमा समेत महाअभियोगबारे अनौपचारिक छलफल भएपनि ठोस निर्णय भने भैसकेको छैन ।


    प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउनुपर्ने मागको विपक्षमा छ । यदि सत्ता गठबन्धनले राणामाथि महाअभियोग लगाए संसद पुर्नस्थापना गर्न आदेश दिने अन्य न्यायाधीशमाथि पनि महाअभियोग लगाउनुपर्ने एमालेको भनाई रहँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij