
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । पछिल्लो पटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजतन्त्रसहितको हिन्दू राष्ट्र’एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाइ दिएका छन् ।
राजतन्त्रको विपक्षमा रहेका कतिपय कांग्रेस र कम्युनिष्ट नेताहरूले लिङ्देन विजयी भएको दिन अर्थात् १९ मंसिरमै सामाजिक सञ्जालमार्फत बधाइ दिए पनि ‘विचारभन्दा देश पहिले’ भन्दै आएका मिश्रले भने मंगलबार मात्र माइक्रोब्लगिङ साइट ट्वीटर र सामाजिक सञ्जाल फेसबुकमार्फत् लिङ्देनलाई बधाइ दिएका हुन् ।
कमल थापाको विरासत ढाल्दै लिङ्देन राप्रपा अध्यक्षमा विजयी बनेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij