Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

कृषि विश्वविद्यालयः प्रा दत्त र प्रा डा बस्नेत डीन नियुक्त

कृषि विश्वविद्यालयः प्रा दत्त र प्रा डा बस्नेत डीन नियुक्त

  • चितवन  । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ ।  गत जेठ १ गतेदेखि रिक्त  कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन सङ्कायमा डीन नियुक्त गरिएको हो ।

    images
    images
    images

      विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार छनोट समितिले सिफारिस गरेका नाममध्येबाट डीन नियुक्त गरिएको हो ।  सोअनुसार कृषि सङ्कायमा प्रा जयप्रकाश दत्त र पशु विज्ञानमा प्रा डा होमबहादुर बस्नेतलाई नियुक्त गरिएको छ ।  कृषिमा प्रा डा अरविन्दकुमार श्रीवास्तव र प्रा डा अर्जुनकुमार श्रेष्ठसहित तीन जनाको नाम सिफारिस भएको थियो । त्यस्तै पशुविज्ञानमा प्रा डा सुमिला राई र प्रा डा भूमिनन्दन देवकोटासहित तीन जनाको नाम सिफारिस भएको थियो । दुवै सङ्कायमा सातसात जनाको आवेदन परेको थियो । तीमध्येबाट छनोट समितिले तीन जना सिफारिस गरेको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij