Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

ठगी आरोपमा ललितपुरकी सम्पूर्ण केसीसहित ४ जना पक्राउ

ठगी आरोपमा ललितपुरकी सम्पूर्ण केसीसहित ४ जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेपलाञ्चोक का २९ वर्षीय सुजन गिरी, पाल्पा का ५८ वर्षीय शिरबहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका–४ की ३३ वर्षीया सरस्वती देवकोटा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्पूर्णले बेलायत पठाइदिने भन्दै रु ३५ लाख, सुजनले बेलायत पठाइदिने भन्दै रु २६ लाख ६५ हजार, शिरबहादुरले दक्षिणकोरिया पठाइदिने भन्दै रु सात लाख ५० हजार र सरस्वतीले युएई पठाइदिने भन्दै रु एक लाख लिई सम्पर्कविहीन भएको भनेर पीडितहरुले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij