Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

डिजिटल बैंक स्थापना गरिने

डिजिटल बैंक स्थापना गरिने

  • काठमाडौं । डिजिटल बैंक स्थापना गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    images
    images
    images

    आगामी आवको नीति तथा कार्यक्रममा भनिएको छ, ‘नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ ।’

    त्यस्तै, बैंक तथा वित्तीय संस्थाको गैर बैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने भएको छ ।

    सूचना प्रविधि र पूर्वाधारको विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगद रहित वित्तीय कारोबार अभिवृद्धि गरिने आगामी आवको नीति तथा कार्यक्रममा समेटिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij