Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित

कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित

  • बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा कान्छी उम्मेदवार बनेर चर्चामा आएकी २४ वर्षीया डा. अलविरा खानले चुनाव जितेकी छन् । बाबुको प्रेरणाबाट राजनीतिमा लागेकी खानले ८८१ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनले आफ्ना प्रतिष्पर्धी जन्तुल धुनियालाई २९२ मतले पछाडि पारेकी थिइन् ।

    images
    images
    images

    डा. खान यसअघि कपिलवस्तुको निर्वचन क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुनिएकी थिइन् । रामचन्द्र पौडेल समूहको प्यानलबाट उम्मेदवारी दिएकी उनी प्रदेश समिति सदस्यमा विजयी भएकी हुन् ।

    images

    विजयी भएपछि प्रतिक्रिया दिँदै कपिलवस्तुको कृष्णनगरकी बासिन्दा खानले आफ्नो चिकित्सकीय पेसा र पार्टी राजनीतिलई एकसाथ अगाडि बढाउने बताइन् । मुस्लिम समुदयका महिलामा राजनीतिप्रतिको चेतना जगाउने काममा आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

    डा. खान १३औं महाधिवेशनमा पनि प्रतिनिधि निर्वाचित भएकी थिइन् । उनले विद्यालय पढ्दादेखि नै नेविसंघमा रही राजनीति सुरू गरेकी थिइन् । डा.खानले एमबीबीएस पूरा गरेकी छन् । अझै बिरामीको उपार सुरु गरेकी छैन, अब नेपालमै इन्टर्न गरेर उपार सुरु गर्छुु, उनले भनिन् ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij