Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

संसदीय सुनुवाइ समिति बैठकमा सांसदले भने- राजदूत नियुक्तिमा समावेशी भएन

संसदीय सुनुवाइ समिति बैठकमा सांसदले भने- राजदूत नियुक्तिमा समावेशी भएन

  • काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ । 

    images
    images
    images

    प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् । 

    images

    एमालेका सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तमा  समावेशीबारे प्रश्न उठाएका छन् ।

    पुष्पा भुसाल  

    सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन  । उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ ।  

    सुमनराज प्याकुरेल

    राजदूत नियुक्ति समावेशी छैन । समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ । समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं । अर्को बैठक बसेर सुनुवाइ अगाडि बढाउँ ।  


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij