Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । सञ्चारिका समूह तनहुँ शाखाले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ ।
प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
तनहुँ सञ्चारिका अक्षयकोष स्थापना गरी जिल्लामा सक्रिय एकजना पत्रकार महिलालाई प्रत्येक वर्ष पुरस्कृत गरिने संस्थाका सचिव सुनिता आचार्यले जानकारी दिइन् । उक्त कोषमा वरिष्ठ लोकगायक प्रेमराजा महतले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
सञ्चारिकाको प्रथम अधिवेशनबाट सम्झना रसाइलीको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको छ । संस्थाको उपाध्यक्षमा ममता गुरुङ, सचिवमा सुनिता आचार्य, सहसचिवमा निशा थापा मगर, कोषाध्यक्षमा शर्मिला विक, सदस्यहरुमा सावित्रा कोइराला, सोनिया लगुन, मञ्जु थापा र करुणा थापा चयन भएका छन् ।
नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, उपाध्यक्ष अस्मिता खनाल, निवर्तमान उपाध्यक्ष नारायण खड्का र सञ्चारिका समूह तनहुँका संस्थापक अध्यक्ष सन्तोषी श्रेष्ठलाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij