Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सूर्य नेपाल गल्फ भोलिबाट

सूर्य नेपाल गल्फ भोलिबाट

  • काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ । आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने जनाएको छ ।

    images
    images
    images

    प्रतियोगितामा ३४ प्रोफेस्नल र १२ एमेचर गरी ४६ गल्फर सहभागी हुने एसोसिएसनका अध्यक्ष दीपक आचार्यले जानकारी दिए । दुई होलमा हुने प्रतियोगिताको विजेताले ६ लाख ४० हजार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले एक लाख १० हजार  र तेस्रोले ७४ हजार प्राप्त गर्ने छन् । यस्तै चौथोले ६० हजार प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए । २१ स्थान प्राप्त गर्ने खेलाडीले समेत पुरस्कार  पाउने छन् ।

    आयोजकले ६ खेलाडीलाई प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरेको छ । जसमा शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर, र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोहोरो स्वर्ण पदक विजेता सुभाष तामाङ रहेका छन् ।

    आयोजकले यसबर्ष आठ प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij