Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ

राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ

  • काठमाडौं । राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । 
     
    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    images
    images
    images

    अध्यक्षले लिएपछि बाँकी पदाधिकारीले पनि शपथ लिएका हुन् । उनीहरूले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । 
    पार्टी, देश र ईश्वरको नाममा उनीहरूले शपथ लिएका हुन् । 

    images

    नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् । 

    सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी उपस्थित भए पनि अर्का निवर्तमान अध्यक्ष कमल थापा भने अनुपस्थित रहे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij