
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन रोचक ढंगले सम्पन्न भएको छ ।
पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएको राप्रपाको एकता महाधिवेशनमा सबैभन्दा बढी मत खुल्लातर्फका उपाध्यक्ष विक्रम पाण्डेले ल्याउन सफल भएका छन् ।
गत मंसिर १५–१७ मा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा शनिवार राति अबेरसम्म खसेको ३ हजार १७ मध्ये पाण्डेले २ हजार ५२१ मत ल्याएर सर्वाधिक मत ल्याउने उम्मेदवार हुन सफल भएका छन् भने महामन्त्रीका उम्मेदवार सर्वाधिक मत ल्याउने उम्मेदवारमा दोस्रो नम्बरमा रहेका छन् । जसअनुसार महामन्त्रीका उम्मेदवार राणाले २ हजार २ सय ५१ मत प्राप्त गरेका थिए ।
आइतवार बिहान निर्वाचन समितिले सार्वजनिक गरेको सुची अनुसार सबैभन्दा बढी मत ल्याउने विभिन्न कलस्टरका उम्मेदवारको नामावलीः
अध्यक्षः राजेन्द्र लिङदेन– १८४४
खुल्ला उपाध्यक्षः विक्रम पाण्डे– २५२१
महिला उपाध्यक्ष: रोशन कार्की–१५८९
खुल्ला महामन्त्रीः धवल शमशेर राणा – २२२१
महिला महामन्त्रीः कुन्तिकुमारी शाही – २००८
आदिवासी जनजाति खुल्लाः आङनिमा शेर्पा –२०२५
मुस्लिम खुल्लाः मदिना खातुन – १७५४
महिला खुल्लाः कुन्तिदेवी पोखरेल – २०८०
मधेसी खुल्ला – १९५२
प्रवास खुल्ला– शशीकुमार सिल्वाल १५३१
उत्पीडित खुल्ला– मिना स्वर्णकार १४६३
कर्णाली तथा पिछडिएको क्षेत्र– कालिबहादुर शाही
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij