Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता

विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता

  •    
    काठमाडौँ । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच आज एकता भएको छ । 

    images
    images
    images

    शनिबार (आज) ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रमका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकसन फोरमका संयोजक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथिद्वारा हस्ताक्षर गरिएको एकताको घोषण गरिएको हो । 

    images

    घोषणापत्रअनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी हुनेछ । पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिने पनि घोषणापत्रमा उल्लेख छ । 

    त्यस्तै, एकीकृत पार्टीको लोगो र चुनाव चिह्न तराजु हुनेछ। एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुने छन्, पार्टीको कार्यालय ललितपुरमा रहनेछ ।

    एकीकृत पार्टीको केन्द्रीय समितिमा सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरु सामेल हुने छन् । त्यस्तै पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल १० जना सामेल हुने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij