Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

केही भिलेन हटाएर अझै पनि नेकपा एकता हुनु आवश्यक छः प्रचण्ड 

केही भिलेन हटाएर अझै पनि नेकपा एकता हुनु आवश्यक छः प्रचण्ड 

  • चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि नेकपा एकता हुनुपर्ने आवश्यक रहेको बताएका छन् । 

    images
    images
    images

    शनिबार चितवनमा नेपाल प्रेस सेन्टरको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले सत्तारूढ गठनबन्धन तत्काल नटुट्ने भन्दै संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताए ।

    images

    सम्पूर्ण कम्युनिस्ट पार्टी एक हुनुपर्नेमा जोड दिँदै उनले भने,‘अझै पनि नेकपा एकता हुनुपर्ने आवश्यक छ तर, केही भिलेनहरू छन् । उनीहरूबाहेक सम्पूर्ण कम्युनिस्टहरू एक हौँ ।’ 

    यसका साथै उनले आफूले पहिलो युद्ध जितिसकेको तर अझै पनि खतरा कायम रहेको बताएका छन् । ‘पहिलो ब्याटल त हामीले जितिसकेका छौँ, तर अझै पनि खतरा टरिसकेको छैन,’ उनले भने, ‘प्रतिक्रान्ति र प्रतिगमनको विरुद्ध लाग्न नछाड्नुहोस् ।’ 

    अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नआएको भन्दै उनले यसतर्फ पत्रकारिता क्षेत्र थप सक्रिय र ‘आक्रोशित’ बन्नुपर्ने बताए । आफ्नो पार्टी समाजवादको बाटोतर्फ अघि बढेको भन्दै उनले निरंकुश, मण्डले प्रवृत्तिलाई परास्त गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij