Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

नाडामा थापा र चौधरीको प्रतिस्पर्धा

नाडामा थापा र चौधरीको प्रतिस्पर्धा

  • काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएन अफ नेपालको नेतृत्वमा ध्रुव थापा र करण चौधरीले प्रतिस्पर्धा गर्ने भएका छन् । नाडाको ४५ औँ वार्षिक साधारणसभाले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । सोही चुनावमा उनीहरू प्यानलै खडा गरे प्रतिस्तर्धामा उत्रिने हुन् । हिमालय अर्गनाइजेसनका अध्यक्ष थापा र सुजुकी कारको नेपालकालागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले छुट्टाछुट्टै प्यानल घोषणा गरेका छन् । 

    images
    images
    images


    थापाले पत्रकार सम्मेलन गरी आफूसहित १७ सदस्यीय प्यानल घोषणा गरेका छन् । थापाको प्यानलमा नाडाको वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकर श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाषिश थपलिया छन् । थापाले आफ्नो प्यानलमा एकजना महिला यमुना श्रेष्ठलाई समेत समावेश गरेका छन् ।

    images

     थापाले आफ्नो प्यानलमा सबै क्षेत्रमा अनुभव भएका सदस्यलाई समेटिएको दाबी गरेका छन् । उनले आफू निर्वाचित भएको खण्डमा नाडाका प्रदेशिक संरचनालाई अधिकारसम्पन्न गराउने, व्यवसायिकमैत्री वातावरण निर्माण गर्ने, सवारी साधन तथा तिनीहरूको पार्टपुर्जाको आयात, एसेक्बल र उत्पादनमा प्रस्त नीति निमार्णको लागि सरकारसँग लबिइङ गर्ने बताए । 


    चौधरीले आफू सबै क्षेत्रका प्रतिनिधिलाई समेटेर प्यानल बनाएको भन्दै अटोमोबाइल क्षेत्रको सन्तुलित ढंगले विकास गर्ने दबी गरेका छन् । नाडामा कुल ३१ सय ९० सदस्य मतदाता छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij