Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

  जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ 

  जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ 

  • जनकपुरधाम । नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । 

    images
    images
    images

    धनुषाको विदेह नगरपालिका-४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका  ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    images

    आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबर्जस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको अधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए । पीडित युवतीकी सानीआमाले उनीहरूविरुद्ध उजुरी दिएको उनले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij