
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाण्डौ । आज देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौमसविद् समिर श्रेष्ठले बताए। यस्तै यी प्रदेशका हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुनेछ । यस्तै, राति पनि वर्षा र हिमपातको सम्भावना रहेको श्रेष्ठले बताउनुभयो ।
भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । पर्सिदेखि भने मौसम केही खुल्ने अनुमान गरिएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर बन्दै जाने भएकाले पर्सि मौसम केही खुल्ने अनुमान गरिएको हो । यस्तै, वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij