Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चेल्सी, सिटी र लिभरपुलको जित 

चेल्सी, सिटी र लिभरपुलको जित 

  •  काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुलले हात पारेका छन् ।  राति भएको १४औँ चरणको खेलसँगै तीनै टोलीले उपाधि सम्भावना कायमै राखेका छन् ।

    images
    images
    images

    जितसँगै चेल्सीले शीर्ष स्थानमा कायम राखेको छ भने सिटी र लिभरपुलले चेल्सीलाई पछ्याइरहेका छन् । भ्रमणकारी टोली चेल्सीले बाटफोर्डलाई २–१ अन्तरले पराजित गर्‍यो । चेल्सीको दशौं जितमा मासोन माउन्टले २९ मिनेट र हाकिम जिएचले ७२ मिनेटमा गोल गरे । बाटफोर्डको लागि इमानुयल डेनिसले ४३औँ मिनेटमा सान्त्वना गोल गरे । 

    अर्को खेलमा घरेलु टोली एष्टन भिल्लालाई म्यानचेष्टर सिटीले २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा यथावत रह्यो । सिटीको जितमा रुवेन डियासले खेलको २७औँ र बर्नाण्डो सिल्भाले ४३औँ मिनेटमा गोल गरे । स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको भिल्लाको लागि ओलीइ वाट्किन्सले ४७ मिनेटमा  गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

    लिभरपुलले घरेलु टोली एभर्टनलाई २–१ ले पराजित गर्‍यो । लिभरपुलको जितमा मोहम्मद सलाहले २ तथा जोर्डन हेण्डर्सन र डिअगो जोटाले १-१ गोल गरे । एभर्टनको लागि डेमराई ग्रेले सान्त्वना गोल गरे ।

    अन्य खेलमा साउथह्याम्पटन र लेष्टर सिटीले २-२ को बराबरी खेल्दा वेष्ट ह्याम युनाईटेड र ब्राईटनले १-१ गोलको बराबरी खेले भने उल्भ्सले बर्नलीसँग गोलरहित बराबरी खेल्यो ।  

    खेलसँगै चेल्सी १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ । ३२ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल ३१ अंक सहित तेस्रो स्थानमा छ । वेष्ट ह्याम समान खेलबाट २४ अंक सहित चौथो स्थानमा छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij