
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ९ विमानस्थल क्षेत्रबाट तीन जनालाई दुर्लभ चितुवाको छालासहित पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
नुवाकोट घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २८ वर्षीय विशाल तामाङ, ३२ वर्षीय विनोद तामाङ र चितवनका ४२ वर्षीय कामी सिंह स्याङ्तानलाई पक्राउ गरेको हो । उनीहरूबाट दुई फिट दुई इन्च लम्बाइ र ७ इन्च चौडाइ भएको छाला बरामद गरेको हो । थप अनुसन्धानको लागि बुधबार जिल्ला वन कार्यालय काठमाडौं पठाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij