
Jun 25 2025 | २०८२, असार ११ गते
कास्की । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
फरार प्रतिवादी पोखरा महानगरपालिका - २० भलाम घर भई हाल पोखरा महानगरपालिका - १७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा महानगरपालिका - १७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भन्ने सुशिल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका - १७ महतगौडास्थित तिहारको समयमा गत कात्तिक २० गते बिहान झै-झगडा हुँदा ४ जना व्यक्तिहरूलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाई फरार रहेको घटनामा संलग्नमध्ये गुरुङलाई कात्तिक २९ गते र कार्कीलाई मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीको सहयोगमा रूपन्देही जिल्लाको बुटवलबाट पक्राउ गरेको हो ।
उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij