Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

सानैमा बिवाह, सिन्धुलीमा बढ्दो घरेलु हिंसा 

सानैमा बिवाह, सिन्धुलीमा बढ्दो घरेलु हिंसा 

  • सिन्धुली । कमलामाई नगरपालिकी १४ वर्षीया किशोरीले तीन वर्ष अगाडि प्रेम विवाह गरिन् । बिहे गरेको दुई वर्षसम्म दाम्पत्य सम्बन्ध राम्रो थियो । एकअर्काबीच गहिरो सम्बन्ध थियो । बिवाहको दुई वर्षपछि छोरी जन्मिइन् । दुबै खुसी नै थिए ।

    images
    images
    images

    तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । बिवाहको तीन वर्षपछि खटपट सुरु भयो र विस्तारै उनीमाथि शारिरीक एवं मानसिक हिंसा हुन थाल्यो ।

    images

    घरमा खानासम्म पनि नदिने र श्रीमानबाट हुने गरेको कुटपिट सहन नसकेपछि उनी माइतीमै बस्न थालिन् । सुरुमा श्रीमानले कुट्दा सुध्रेलान् भन्ने भयो ।माइतीमा के जानु भन्ने पनि भयो, उनी भन्छिन्, “दैनिक रक्सी खाएर कुटपिट गर्न लागेपछि माइतीको सहारा लिनुपर्‍यो । दुई वर्षदेखि छोरीलाई सँगै लिएर माइतीमै बसिरहेको छु ।

    सुनकोसी गाउँपालिकाकी अर्की एक महिला श्रीमानको  कुटाइ र यातना सहन नसकेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पुगिन् । श्रीमानले मादक पदार्थ सेवन गरेर दैनिक पिट्ने, घरमा बस्नै नदिएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।

    प्रहरीले बारम्बार छलफल गराउँदासमेत परिवारले ती महिलालाई स्वीकार नगरेपछि एक महिनासम्म सुरक्षित आवास गृहमा राखिएको महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ्ले बताइन् । पटक­पटकको छलफल पछि अन्तिममा मिलापत्र भयो ।

    images

    दूधौली नगरपालिकाकी अर्की एक किशोरीले १७ वर्षको उमेरमा राजीखुसी बिवाह गरिन् । सामाजिक सञ्जालबाट चिनजान भएका पुरुषसँग दुई वर्षको प्रेम सम्बन्धपछि उनले बिवाह गरिन् । बिवाह पछि दम्पत्ति काठमाडौँमा बस्यो ।

    किशोरी गर्भवती भइन् । सात महिनाको गर्भ हुँदा घरखर्च पठाउने सर्तमा उनको श्रीमान विदेश गए । नौ महिना पछि छोरी जन्मिइन् । विदेश गएका श्रीमानले केही सयम पैसा पनि पठाए । पछि श्रीमानले फोन नै उठाउन छाडे, पैसा त परैको कुरा ।

    श्रीमान सम्पर्कविहीन भएपछि उनी खोजी गर्न थालिन । बुझ्दै जाँदा ती पुरुष पहिले नै बिवाहित रहेको र घरमा श्रीमती रहेको खुल्यो ।  उनी भन्छिन्, मलाई उता घरमा कहिले पनि लैजानु भएको थिएन । घरमा त श्रीमती पो रहेछिन् ।

    उनी श्रीमानको घर गइन् । त्यहाँ उनलाई जेठी श्रीमती र घरपरिवारले बस्न दिएनन् । त्यसपछि उनी माइती पुगिन् ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीको तथ्यांक अनुसार चार महिनामा घरेलु हिंसाका ४१ उजुरी परेका छन् । बहुबिवाह, मानसिक यातना, कुटपिटजस्ता विषयका उजुरी आउने गरेको प्रहरी हवल्दार तामाङले बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij