
Jun 25 2025 | २०८२, असार ११ गते
जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । काठमाडौँबाट ज १२ प ५२२५ नं को मोटरसाइकलमा घर फर्किने क्रममा दुर्घटना भएकाे हाे । उक्त दुर्घटनामा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij