
Jun 25 2025 | २०८२, असार ११ गते
गलकोट । बागलुङको काठेखोला गाउँपालिका–१ मा जीप दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी नायब अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् ।
घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij