
Jun 25 2025 | २०८२, असार ११ गते
कैलाली । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका ८ स्याउले चोकमा ना ६ ख ५३६६ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट घाइते उनको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएपछि मृत्यु भएको हो। मृतककाे पहिचान नखुलेकोले प्रहरीले आफन्तको खोजी कार्य गरिरहेको छ।
घटनापछि ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई प्रहले नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij