
Jun 25 2025 | २०८२, असार ११ गते
मोरङ कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको आमाको कुटाइबाट मृत्यु भएको हो । गत शनिवार राति मादक पदार्थ सेवन गरी घर आएको राजेन्द्रलाई आमा बातियो उराउले लट्ठीले कुटपिट गरेको र उनी कुटाईबाट घाइते भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले आमाको कुटपिटबाट घाइते भएका राजेन्द्रको कोशी अस्पतालमा सामान्य उपचारपछि घर लगिएको थियो । तर राजेन्द्र अस्वस्थ्य बन्दै गएपछि उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
भर्ना गरिएका राजेन्द्रको उपचारकै क्रममा राति १०ः१५ बजेतिर उनको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । कुटपिट गरेर छोराको हत्या गर्ने आमालाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी उनले दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij