
Jun 25 2025 | २०८२, असार ११ गते
सल्यान ।
कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ ।
२०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरुको संख्या १ सय ४५ पुगेको छ । पुरुष ६९ जना र महिला ७६ गरी जम्मा १ सय ४५ राउटे रहेका छन् भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गणक टोलीले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको हो । पछिल्लो चरणमा मृत्युुदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरुको जन्मदर र मृत्युदर उत्तिकै मात्रामा रहेको छ । स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जंगलमा फिरन्ते जीवन बिताउने नेपालकै अतिलोपोन्मुख जातिमा पर्दछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij