
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौ । सहमति जुटन नसकेपछि एमाले नेताद्धय केपी शर्मा ओली र भीम रावल अध्यक्ष पदमा लडने भएका छन् । चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा आइतबार दिनभर रावललाई मिलाउन नेताहरुले निकै मेहेनत गरेका थिए ।
ओली स्वयं र बेला बेला उनका दूतहरुले पनि रावललाई यो र त्यो पद दिने भन्दै सहमतिमा आउन दवाव दिइरहे । तर रावल आफ्नो अडानबाट टसकोमस भएनन् ।
बन्दसत्रबाट ओलीले अध्यक्ष बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बाहिर ल्याए । ओलीले आफ्नै नाम समेत घोषणा गर्ने तयारी गरेको फरक फरक स्रोतहरुले दावी गरेका छन् । तर कुनै पनि हालतमा रावल सहमतिमा नआए पछि ओली अप्ठयारोमा परेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij