
Jun 25 2025 | २०८२, असार ११ गते
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । नेपाल आयल निगमका अनुसार एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर को कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “कच्चा तेलको मूल्य बिस्तारै घट्न थालेको छ, विशेष गरी अमेरिकाले भण्डारण गरेको तेल बजारमा पठाउनु र कोरोनाको नयाँ भेरियन्टका कारण घट्ने सम्भावना छ, सुधारको सङ्केत देखिएको छ ।”
निरन्तरको मूल्य वृद्धिले हरेक १५ दिनमा दुई अर्ब घाटा बेहोरिरहेको निगमले सञ्चित रकमबाट पूर्ति गरिरहेको छ । निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपियाँ रहेको छ । पछिल्लो घाटालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ । मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम चलाइएको छैन । स्थिरिकरण कोषको रकम निकासाका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुमति दिनुपर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij