Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रहरी चौकी बनाउन निःशुल्क जग्गा उपलब्ध

प्रहरी चौकी बनाउन निःशुल्क जग्गा उपलब्ध

  • त्रिशूली,  तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

    images
    images
    images

    राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी बहन गर्न तथा धादिङसँग जोडिएको सीमा क्षेत्र हुँदै हुनसक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन उनले जग्गा दिएका हुन् । जग्गाधनी प्रमाणपत्र लालपुर्जा हस्तान्तरण गर्दै उनले सम्पत्तिभन्दा ठूलो सुरक्षा भएकाले चौकी निर्माणका लागि आवश्यक जग्गा दिन पाउँदा खुशी लागेको बताए । उनका अनुसार उक्त जग्गाको मूल्य चलनचल्तीको कारोवारमा रु १५ लाखभन्दा बढी पर्दछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij