
Jun 25 2025 | २०८२, असार ११ गते
यसैबीच महानगरीय प्रहरी परिसर ललितपुरले बन्दको समयमा कुनै 'अराजक गतिविधि' हुन नदिन बिहानैदेखि प्रहरीलाई हाइअलर्टमा राखिएको परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले बताउनुभयो ।
ललितपुर । नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज मंगलबार आह्वान गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ ।
औद्योगिक क्षेत्र र व्यापार व्यवसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ । सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्दकर्तालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ ।
यसैबीच महानगरीय प्रहरी परिसर ललितपुरले बन्दको समयमा कुनै अराजक गतिविधि हुन नदिन बिहानैदेखि प्रहरीलाई हाइअलर्टमा राखिएको परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले बताउनुभयो । यसैबीच, ललितपुरमा केही ठाउँमा सवारीसाधनमा तोडफोडको प्रयास भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij