ललितपुर । झापामा जीपको ठक्करबाट शिवसताक्षी नगरपालिका १० माइधार चोककी ७२ वर्षीया ललिता कटुवाले ज्यान गुमाउनु भएको छ । प्रहरीले चालक ३२ वर्षका पूर्ण खतिवडालाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमको लागि अहिले दमक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।