
Jun 25 2025 | २०८२, असार ११ गते
ललितपुर । ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले बताउनु भयो ।
घाइतेहरूलाई काठमाडौं ल्याउने तयारी छ । काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् । ककनीमा एकादशी मेला भर्न जिल्लाका अधिकांश ठाउँबाट मानिसहरू जाने गर्दछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij