
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । देशभर आजपनि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा सोमबारदेखि अविरल वर्षा भइरहेको छ ।
आज प्रदेश १ र प्रदेश २, बागमती, र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij