
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्य भन्नुहुन्छ, 'हामी दसैं पनि मनाउँछौं, ड्युटी पनि गर्छौं । नागरिकले ढुक्कसँग दसैं मनाउन पाए भने हामीलाई सन्तोष हुन्छ ।'
काठमाडौं । नेपाल प्रहरीलाई दसैंमा बिदा हुँदैन । ललितपुरका सम्पूर्ण प्रहरीहरु जनताको जिउधनको सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा खटिरहेका छन् । दसैंतिहार विशेष सुरक्षा योजना लागु गरेका छौं । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टीभ मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । बिदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ ।
फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तरपनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, बिदा नपाउँदा मन खल्लो भइहाल्छ । यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ ।
पहिलो प्राथमिकता हाम्रो जिम्मेवारी र कर्तव्य पालना हो । त्यसमा फोकस भएर यहीँ रमाएर दसैं मनाउने भन्ने छ । साथै प्रहरी कर्मचारीलाई पनि मोटिभ गर्नुपर्ने हुन्छ । मासुभात खाने, अनि ड्युटी गर्ने हुन्छ । ड्युटीलाई प्रभाव नपर्नेगरी पालैपालो रोटेसनमा टीका लगाइदिने हुन्छ । हामी दसैं पनि मनाउँछौं, ड्युटी पनि गर्छौं । नागरिकले ढुक्कसँग दसैं मनाउन पाएभने हामीलाई सन्तोष हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij