
Jun 26 2025 | २०८२, असार १२ गते
नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेको छ ।
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेका छन् ।
यसअघि रासन वृद्धिको घोषणा गरिएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
लामो समयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रासन बृद्धि नहुँदा बजार भाउको महङ्गी बढ्दा समस्या देखिएको थियो । नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा एक आर्थिक वर्षमा १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij