
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर । यातायात व्यवस्था कार्यालय,एकान्तकुनाबाट २ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुमन तामाङ र सुरज गुप्ता रहेका छन् । लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने उजुरीको आधारमा प्रहरीले रंगेहात समातेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिदैँ गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij