
Jun 26 2025 | २०८२, असार १२ गते
प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षकहरु संगठन प्रमुखको रुपमा रहँदा संगठनको हित एवं श्रीवृद्धिका लागि पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो ।
काठमाडौं । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरू बीच शुभकामना आदानप्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षकहरु संगठन प्रमुखको रुपमा रहँदा संगठनको हित एवं श्रीवृद्धिका लागि पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै अन्तरसंवाद कार्यक्रम संगठनको हितको लागि अत्यन्तै फलदायी हुने चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीले वर्तमान कानूनी व्यवस्था, प्रहरी कर्मचारी समायोजनको अवस्था र संगठनको संरचना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुले प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र नवनिर्मित भवनहरू समेतको अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु मोतिलाल बोहरा, श्याम भक्त थापा, ओम विक्रम राणा, हेम बहादुर गुरूङ, रमेश चन्द ठकुरी, रविन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्रकान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij