
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर । वागमती गाउँपालिका वडा नम्बर १ घुसेलस्थित बागमती नदी किनारमा बालकको शव फेला परेको छ । कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको बताइएको छ ।
ललितपुर प्रहरीको अनुसार शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए । उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ । शवको पोष्टमार्टम गर्न त्यहाँबाट ललितपुरस्थित पाटन अस्पतालमा ल्याइँदैछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij